प्रधानमन्त्री पदका लागि ओलीले जनताको बहुदलीय जनवाद परित्याग गरे : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) छोडेको दावी गरेका छन् ।

गण्डकी प्रदेश कमिटीले आयोजना गरेको भेलामा प्रचण्डले मदन भण्डारीको बाटो ओलीले छाडेको बताए । साथै उनले जबज माधवकुमार नेपालले नभएर ओलीले परित्याग गरेको दाबी गरे ।

“म प्रमाणका साथ भन्न सक्छु । पार्टी एकता, सरकारसम्बन्धी अन्तिम बैठक थियो । दुइटा पार्टीको लाइनका विषयमा लामो बहस भएको थियो । माधवजीले अहिले नै जबज छोड्दा राम्रो हुँदैन्,कार्यक्रम राख्नुपर्छ कि भन्दै हुनुहुन्थ्यो । हामीले मानेनौं । अघि बढ्नका लागि साझा कार्यक्रम बनाउनुपर्छ भन्ने बहस भयो ।

अन्तिममा हामी दुईजनाको बस्यौं । जनताको बहुदलीय जनवाद छाडेर समाजवादउन्मुख जनताको जनवादमा पहिलो हस्ताक्षर गरेको ओलीले नै हो,’’ उनले ठोकुवा गरे । ओलीले प्रधानमन्त्री प्राप्त गर्नका लागि जबज छाडेको रहेछ भन्ने देखिएको प्रचण्डकाे दाबी थियाे ।

Facebook Comments