निर्वाचन सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले वैशाखमा हुने निर्वाचनको लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएका अधिकृतहरूलाई आज गृह मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न गृहमन्त्री थापाले निर्देशन दिएका हुन् ।

उनले भने, “स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न तपाईंहरू जुट्नुहोस्, त्यसका लागि आवश्यक स्रोतसाधनको कमी भए मन्त्रालयलाई जानकारी गराउनुहोला, कुनै कमी हुन दिइने छैन ।”

शान्ति सुरक्षा, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले गृहमन्त्रालयले तयार गरेको सुधार कार्ययोजना अनुरूप कामकारबाही अघि बढाउन पनि निर्देशन दिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.