प्रतिनिधि सभा विघटनको विरोधमा ‘नागरिक सभा’ हुँदै

काठमाडाैं । प्रतिनिधि सभा विघटनविरूद्ध नागरिक अगुवाहरूले विरोध सभा गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा सुरू भएको वृहत् नागरिक आन्दोलनले ‘नागरिक सभा’ गर्न लागेको हो।

प्रज्ञा प्रतिष्ठान डबलीमा मंगलबार दिउँसो २ बजे आयोजना हुने ‘नागरिक सभा’मा नागरिक अगुवाहरूले सम्बोधन गर्ने आन्दोलनका संयोजक युग पाठकले जानकारी दिए ।

सभामा नागरिक अगुवा कृष्ण पहाडी, बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सडक विस्तार विरोधी अभियन्ता विद्या श्रेष्ठ, डा. मुक्तसिंह तामाङ, सिएन थारू र अपांगता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठलाई वक्ता राखिएको छ।