कक्षा १२ को नतिजा माघ पहिलो साता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा माघ पहिलो साताभित्र सार्वजनिक गर्ने भएकाे छ ।

माघ पहिलो साताभित्रै परीक्षाफल प्रकाशनको तयारी भएको राष्ट्रिय परीक्षा बोर्डका डा.चन्द्रमणि पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार पुसभित्रै नतिजा प्रकाश गर्ने तयारी भएपिन विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा केही ढिलाइ भएको हाे ।

Facebook Comments