आन्दोलन गर्ने विद्यार्थीलाई उपकुलपतिले दिए धम्की

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले आन्दोलनरत विद्यार्थीलाई निस्कासन गर्ने धम्की दिएका छन् ।

विश्वविद्यालयमा उत्पन्न पछिल्लो घटनाक्रमबारे जानकारी दिन आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उपकुलपति सिंहले विद्यार्थीका माग पूरा गर्न नसकिने भन्दै उनीहरुलाई निस्कासन गर्ने चेतावनी दिएका हुन् ।

केही क्याम्पस प्रमुख र प्रध्यापकको उक्सावटमा विद्यार्थीहरुले अनआवश्यक उदण्ड मच्चाएको उपकुलपति सिंहको आरोप छ । ‘केही विश्वविद्यालयकै क्याम्पस चिफ र प्रध्यापकहरुले कुनामा बसेर विद्यार्थीलाई उचालेर आन्दोलन गर्न लगाएका छन्,’ उनले भने, ‘विद्यार्थीहरुको माग पूरा हुन सक्दैन्, उदण्ड विद्यार्थीलाई निस्कासन गर्छौं ।’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.