तारा वहादुर सुनार
बर्दियाकाे गुलारियामा आर्युवेद स्वास्थ्यमा गुणस्तरिय सेवासहित जिल्ला आर्युवेद कार्यालयले सुविधा सम्पन्न पंचकर्म सेवा सुचारु गरेको छ । सामाजिक विकास मन्त्रालयकाे आर्थिक सहयोगमा निर्माण भएको भवनमा उक्त सेवा सञ्चालनमा आएको हो । जिल्ला समन्वय समितीका प्रमुख शंकर प्रसाद थारुले आजै सो भवन उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रमका अध्यक्षता ग्रहण गरेकी डा .कलावती विश्वकर्माले आफु बर्दिया जिल्लामा आए देखी नै आर्युवेद अस्पतालको विकास, गुणस्तरिय सेवा तथा आर्युवेद विज्ञानलाई सेवाग्राही र सरोकारवालाहरु वीच लैजान मिहीनेत गरिरहेको बताइन्।
उनले यस पद्धतीको सेवा विस्तारमा स्थानीय जनप्रतिनिधी सरोकारवालाहरुको विशेष भुमिका रहेकोले थप सहयोग गर्न पनि आग्रह गरिन् । विशेष अथिती प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आर्युवेद सेवाको गुणस्तरियतामा वृद्धि गराउदै जनता समक्ष लैजान आर्युृवेद अस्पातालले थप मिहिनेत गर्नुपर्ने बताए।
पञ्चकर्म आयुर्वेद जिवन जिउने पद्धतीहो यसले जिवनलाई जिउन सिकाउछ । आर्युवेद पद्धतीवाट औषधाउपचार गर्न भरीलो माध्यम पनि हो ।शरिरमा रहेका विशाक्त पदार्थहरु निकाल्न पञ्चकर्म विधि अपनाउने भएकोले यस पद्धतीलाई जिल्लामा विस्तार गर्न सरोकारवालाहरुले सुझाएका थिए।
उद्घाटन कार्यक्रममा जिल्ला स्थित जनप्रतिनिधी ,सम्पुर्ण सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधीहरु विभिन्न सरोकारवाला र सेवा ग्राहीहरु सहभागी भएका थिए ।
Facebook Comments