प्रतिनिधि सभा विघटनविरूद्ध बयलगाडा प्रदर्शन गर्दै अनेरास्ववियु

काठमाडाैं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रतिनिधि सभा विघटनविरूद्ध बलयगाडा प्रदर्शन गर्ने भएकाे छ ।

असंवैधानिक कदम खारेज गर, अवरूद्ध संसद सुचारू गर मुख्य नाराका साथ अनेरास्ववियु आज दिउँसो २ बजे माइतीघर मण्डलामा बलयगाडा प्रदर्शन गर्ने भएकाे हाे ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिन् । संसद विघटन भएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नै विराेध गरिरहेका छन् ।

संसद विघटन असंवैधानिक भएकाे भन्दै सर्वाेच्च अदालतमा परेका मुद्दा अहिले विचारधिन अबस्थामा छन् ।

Facebook Comments