नेपाली राजनीतिमा चिनियाँहरूको फोहोरी खेल जारी

काठमाडाैँ । पछिल्लाे समय नेपालकाे आन्तरिक राजनीतिमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको क्रुर हस्तक्षेप मात्रले नपुगे पछी सम्पुर्ण लाजशर्म पचाउदै चीनले अब नेपालको राजनीतिमा दखल दिन एजेन्ट नै खटाउने कार्य थालेको भेटिएको छ। यहाँ सम्म कि उनीहरूले नेपालको न्यायपालिकामा नै बिचौलियाहरूकाे ब्यवस्थापन गर्न खोजेका छन ।

उच्च स्राेतका अनुसार चिनियाँ राजदूत यान्छीले हिजाे नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता वामदेव गौतमसँग करीव एक घण्टा लामो भेटघाट गरेर चिनियाँ उद्देश्यबारे बताएकी छिन । स्राेतले भन्याे,’ भेटघाटकाे क्रममा राजदूत  यान्छीले  वामदेव गौतमलाई चिनियाँ उद्देश्य नेपाली उद्देश्य भन्दा बढी महत्वपूर्ण रहेको बताएकी थिइन्।’

स्राेतका अनुसार चिनियाँहरूले प्रचण्ड र माधव नेपाल समूहका अधिकांश नेताहरूलाई आफ्नो हितमा ‘डिल’ गर्न तयार पारेका छन्।  ती चीन निकटका नेताहरू अहिले काठमाडाैँमा गाेप्य बैठक तथा छलफल चलाइरहेका छन्। उक्त बैठक तथा छलफलकाे लागि चिनियाँ एजेण्टहरूले ठुलाे रकम खर्च गरिरहेका छन्। चीनकाे इच्छानुसार नेपालमा परिणाम देखाउनकाे लागि ठुलै अार्थिक चलखेल भइरहेकाे बुझिएको छ।

उच्च स्राेतका अनुसार संसद विघटनको बिपक्षमा फैसला दिलाउन न्यायालयमा चिनियाँ एजेण्टहरूले बिचाैलिया नै खटाएका छन्। बेइजिङमा चिनियाँ सरकारका प्रवक्ताले भनेका थिए कि चिनियाँ मन्त्री नेपालमा गएकाे बेला गरिएकाे भेटघाटलाइ नेपालको आन्तरिक मामिलामा हस्तक्षेपका रूपमा लिन मिल्दैन। तर, नेपालका राजनीतिलाई नजिकबाट नियाल्नेहरूले चिनियाँहरूले नेपालकाे आन्तरिक राजनीतिमा स्पष्टरुपमा हस्तक्षेप गरिरहेछन् र त्याे पनि कूटनीतिक शिष्टाचारलाई बेवास्ता गरेर।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.