काठमाडौं । इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरले १६५ किलो लागुऔषध गाँजासहित ८ जनालाई पक्राउ गरेकाे छ ।
मनहरी गाउँपालिका ८, सिमपानीस्थित सडकबाट ६५ किलो गाँजासहित राक्सिराङ गाउँपालिका–२ बस्ने २२ वर्षीय सुजन प्रजासहित ८ जनालाई आज बिहान पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
यस्तै, मकवानपुरकै मनहरी गाउँपालिका-६, रुपाचुरी जंगलस्थित बासको छाप्रोबाट १०० किलो गाँजा आजै बिहान प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीलाई देख्नासाथ ती व्यक्ति फरार भएपछि प्रहरीले उक्त गाँजा बरामद गरेको हो । यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।











Facebook Comments