घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रूपैयाँले घटेको छ । छापावाला सुन बिहीबार प्रतितोला ९५ हजार ४०० रूपैयाँमा कारोबार भएकोमा आज ९५ हजार ३०० रूपैयाँ काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९४ हजार ८०० रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९४ हजार ९०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज पनि प्रतितोला एक हजार ३३० रूपैयाँमा कारोवार भइरहेको छ ।

Facebook Comments