प्रधानमन्त्री ओली धनगढी नपुग्दै बिरोध प्रदर्शन सुरु

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न जाँदैछन् ।

प्रधानमन्त्री ओली विहान १० धनगढी प्रस्थान गर्ने भनिएपनि माैसमका कारण केहि ढिला भएकाे छ। तर प्रधानमन्त्री ओली  पुग्न नपाउँदै धनगढीमा विरोध सुरु भइसकेको छ।

नेकपा प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री विरुद्ध टायर बालेर विरोध प्रदर्शन गरेका छन् । प्रचण्ड-नेपाल समूह निकट अनेरास्ववियूले जिल्ला प्रशासन कार्यालय कैलाली नजिक टायर बालेर प्रदर्शन गरेकाे हाे ।

प्रधानमन्त्री ओली धनगढी जाने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यव्स्था कडा बनाएकाे छ । कार्यक्रममा सहभागी हुन जानेहरूलाइ कालाे मास्क लगाउन समेत प्रतिवन्ध लगाइएकाे छ ।

Facebook Comments