ह्वाइट हाउस छोड्नुअघि ट्रम्पले दिए चीनलाई झड्का, थप आठ एप्समाथि प्रतिबन्ध

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद छाड्नुअघि चिनियाँ कम्पनीका थप ८ वटा एप्समाथि प्रतिबन्ध लगाइदिएका छन् ।

राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी मालिकनाका ८ वटा एप्समाथि प्रतिबन्ध लगाउने सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । प्रतिबन्धित एप्सहरुमा वी च्याट, अली पे लगायत रहेका छन् ।

राष्ट्रपति ट्रम्पले प्रतिबन्ध लगाइएका एप्सहरुमार्फत राष्ट्रिय सुरक्षामा खतरा बढेको आरोप लगाएका छन् । ट्रम्पले जारी गरेको आदेशमा प्रतिबन्ध लगाइएका एप्सहरु ४५ दिनपछि बन्द हुनेछन् ।

प्रतिबन्ध गरिएका एप्सहरुमा अली पे, टेनसेंट क्यूक्यू, वीमैट, वी च्याट पे, डब्लुपिएस अफिस रहेका छन् । अगष्टमा पनि ट्रम्प प्रशासनले चिनियाँ कम्पनीका केही एप्सहरुमाथि प्रतिबन्ध लगाएको थियो ।

Facebook Comments