‘चीनमा नागरिककाे सुरक्षाका विषयमा उठ्याे गम्भीर प्रश्न’

काठमाडाैँ । साहित्यकार तथा लेखक खगेन्द्र संग्राैलाले चीनका अर्बपति र विश्वकै तेस्रो धनी अलिबाबा ग्रुपका मालिक ज्याक मा बेपत्ता भएकाे विषयमा सामाजिक सञ्जालमा पाेष्ट गरेकाे अभिब्यक्ति गायब भएकाे छ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,’ उल्का भाे! चीनका महाधनाढ्य ज्याक मा बेपत्ता भएकाे प्रसङ्गमा चीनमा नागरिककाे सुरक्षा र अस्मिताकाे हालतबारे हिजाे बेलुका ट्वीट गय्राथेँ, मेराे वालबाट त्याे ट्वीट गायब भएछ। याे गायब पार्ने चिनियाँ “समाजवाद” हाे कि, सी विचारधाराका नेपाली अनुयायी हुन् कि कुनै चटके चाेर हाे? थाहा चाहियाे!’

पछिल्लो दुई महिनादेखि ज्याक मा बेपत्ता छन् । जसका कारण चिनियाँ सरकारमाथि गम्भिर प्रश्न उठेको छ। ज्याकले गत अक्टुबरमा शंघाईमा एक भाषणका क्रममा चीनको वित्तीय नियम र सरकारी बैंकको खुलेर आलोचना गरेका थिए ।

त्यसपछि उनको चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि विवाद भएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले समाचारमा लेखेकाे छ। यस घटनापछि उनी पछिल्लो दुई महिनादेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

https://www.facebook.com/khagendrasangroulabelakoboli/posts/2150630151737208

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.