ओली नगएपछि नेकपा स्थायी कमिटी बैठक प्रभावित

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रभावित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो १ बजेको लागि बोलाइएको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली अनुपस्थित भएपछि बैठक प्रभावित बनेकाे हाे ।

यसैबीच बैठक प्रभावित भएपछि नेकपाका दुई नेता राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन् । संसद बैठक आह्वानका लागि अनुरोध गर्न हस्ताक्षर सहित स्थायी कमिटी सदस्यहरु भीम रावल र पम्फा भुसाल शीतल निवास पुगेका स्राेतले जानकारी दियाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको भन्दै चर्को विरोध हुँदै आएको छ ।

यही विवादका कारण स्थायी कमिटी बैठक समेत प्रभावित भएको र संसद बैठकको विकल्प नभएको निष्कर्ष निकाल्दै नेकपाको तर्फबाट रावल र भुसाल शीतल निवास पुगेका हुन् ।

Facebook Comments