३१ लाखको अवैध औषधिसहित ८ जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ३१ लाख मूल्य बराबरको अवैध औषधिसहित ८ जनालाई पक्राउ गरेको छ ।

पक्राय पर्नेमा मकवानपुरको गढी गाउँपालिका-८ का २५ वर्षीय सुरज गौतम, गढी-३ का २३ वर्षीय प्रकाश दाहाल, हेटौंडा उपमहानगरपालिका-५ का २५ वर्षीय उज्जवल पोख्रेल र वडा नं.२३ का २३ वर्षीय विपिन सापकोटा, चितवनको कालिका नगरपालिका-४ का २८ वर्षीय राजकुमार महतो, माडी नगरपालिका-३ बघौडाका २२ वर्षीय बालकृष्ण महतो, सोही स्थानका २२ वर्षीय मिलन महतो, कालिका-३ का ३१ वर्षीय हरिशरण महतो रहेका प्रहरीले जनाएकाे छ।

औषधि ओसारपसार कार्यमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे । बुधबार बिहान मात्रै पनि माडी नगरपालिका-९ बगही खोला किनारको झाडीमा बेवारिसे अवस्थामा रहेका ७ प्रकारका औषधि पनि बरामद गरेको थियाे । प्रहरीका अनुसार माडी नगरपालिकाको विभिन्न ठाउँबाट ३१ लाख ५ हजार ६३३ रुपैयाँ बराबरको अवैध औषधि बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले आज भरतपुरमा पत्रकार सम्मेलन गरी बरामद गरिएका औषधि र अवैध कार्यमा संलग्न ८ जनालाई सार्वजनिक गरेको छ ।

Facebook Comments