कास्की । प्रहरी कार्यालय कास्कीले चोरीको सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रोल्पा स्थायी घर भई पोखरा बस्दै आएका १९ वर्षीय दीपक मगर र पोखरा महानगरपािलका–२२ पुम्दीभुम्दीका १९ वर्षीय अनिस बराईली रहेका प्रहरीले जनाएकाे छ ।
उनीहरुले मंसिर २३ गते पोखरा महानगरपालिका–३ तेर्सापट्टीस्थितप्रविण बैधको घरमा रहेको क्यानन (इओएसडी) क्यामरा चोरी गरेको थिए ।
कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठका अनुसार बैधले क्यामरा चोरी भएकाे जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएकाे हाे । उक्त क्यामेराको अन्दाजी बजारमूल्य २ लाख ५० हजार रहेको छ । उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments