भन्सार छलीकाे ४९ बोरा चिनीसहित ४ जना पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले धनपालथान गाउँपालिकाबाट ४९ बोरा चिनीसहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–१ का २१ वर्षीय अभिषेककुमार साह, धनपालथान गाउँपालिका–२ का १७ वर्षीय दीपककुमार मण्डल, सोही स्थानका १८ वर्षीय अर्जुनकुमार मण्डल र १९ वर्षीय रूपेश मण्डल रहेका प्रहरीले जनाएकाे छ।

उनीहरूलाई धनपालथान गाउँपालिका-४ स्थित सुनिल राजवंशीको गोदामबाट ४९ बोरा चिनीसहित साेमबार साँझ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

प्रहरीले गोदाम परिसरबाट को १८ प ५७४३, को २२ प १६४४ र को ११ प ६६५९ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । भारतबाट भन्सार छलेर ल्याइएको चिनी १ लाख ४७ हजार मूल्यबराबरको रहेको छ ।

Facebook Comments