कोरोना संक्रमणबाट वडाध्यक्षको निधन

काठमाडौं । काेराेना भाइरसकाे संक्रमणबाट दाेलखामा एक वडाध्यक्षकाे मृत्यु भएकाे छ ।

दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रेम लामाको कोरोना संक्रमणबाट मृत्यु भएकाे हाे ।

ललितपुरस्थित किस्ट मेडिकल कलेजको आईसीयूमा उपचाररत ५४ वर्षीय लामाको सोमबार दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएकाे छ।

अस्पतालका अनुसार कडा किसिमको निमोनिया, ज्वरो र सास फेर्न गाह्रो भएपछि उनलाई मंसिर २३ गते भर्ना गरिएको थियो ।

२४ गते काेराेना भाइरस पोजेटिभ भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिए पनि उनलाई बचाउन नसकिएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले जानकारी दिए ।

Facebook Comments