बढूवा भएका दुई सचिवको पदस्थापन

काठमाडाैं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा अतिरिक्त समूहका राखिएका दुई प्राविधिक सचिवको पदस्थापन गरेको छ ।

दुई साता अघि सचिवमा बढूवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा अतिरिक्तमा रहेका सचिव सुरेश आचार्य र २५ गते सचिवमा बढूवा भएका मणिराम गेलालको पदस्थापन गरिएको हो ।

जसमध्ये आचार्यलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पदस्थापन गरिएको छ भने गेलाललाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाइएको छ ।

Facebook Comments