४६.४३ अंकले बढ्यो नेप्से

काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आज ४६.४३ अंकले बढेर दुई हजार १० दशमलब ४५ विन्दुमा पुगेको छ  ।

यस्तै ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएकाे छ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन समूहबाहेक अन्य सबै समूहमा हरियाली देखिएको छ ।

Facebook Comments