सरकार विरोधी प्रदर्शनमा भौतिक दुरि राख्दै उपस्थित हुन कांग्रेस सभापति देउवाकाे आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि देशभर हुने सरकार विरोधी प्रदर्शनमा भौतिक दूरि राख्दै उपस्थित हुन आग्रह गरेका छन् ।

कांग्रेस सभापति देउवाले आइतबार एक विज्ञप्ति जारी गर्दै देशभर उत्साह र एकताको साथ भौतिक दूरी कायम गर्दै सहभागिताका जनाउन अपिल गरेका हुन् ।

देशब्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दुरि राख्दै शान्तिपूर्ण सहभागीताका लागि अपील सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै सरकारका प्रवृतीका कारण जनताहरुमा वितृष्णा पलाएको र त्यसको विरोधमा कांग्रेसले गर्न लागेको आन्दोलन महत्वपूर्ण समेत कांग्रेसले जनाएको छ ।

प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आएको, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको साथै अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै आएको कांग्रेसका आरोप रहेको छ ।

Facebook Comments