बैंकिङ कसुरमा महालक्ष्मी विकास बैंकका कर्मचारीसहित ३ जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले महालक्ष्मी विकास बैंकका कर्मचारीसहित तीन जनालाई पक्राउ गरेको छ । कर्जा अपचलनसम्बन्धि बैंकिङ कसुरमा उनीहरु पक्राउ परेका हुन।

सिआईबी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा सन्दीप लिम्बु, पूर्ण राई र देवेन्द्र राई छन् । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

कमसल सुन धितो राखी अत्याधिक मूल्याङकन गराई कर्जा लिएर नतिरी ठगी भएको सिआईबीको अनुसन्धानका क्रममा खुलेको थियो। यसमा ऋणी, बैंकका कर्मचारी तथा सुन जाँचकीको मिलेमतो देखिएको खुलेको थियो ।

महालक्ष्मी विकास बैंकले पोखराका सुन ब्यवसायी कमल गुभाजुलाई ४ करोड ८० लाख रुपैयाँ ऋण दिएर ३८ करोड रुपैयाँ बराबरको सम्पत्ति हडपेको राष्ट्रबैंकमा उजुरी छ । गुभाजुले लगेको ऋण तिरे पनि यतिले उनको ३८ करोड बराबरको सम्पत्ति हडपेको थियो ।

यति विकास बैंकका तत्कालीन सीइओ भूषण राणासहितको टोलीले उनको घरजग्गा हडपेका हुन् । यति समेत मर्ज भएको महालक्ष्मी विकास बैंकले गुभाजुलाई ठगी गरेको थियो।

पोखराको मोहरिया टोल स्थायी घर भएका प्रतिष्ठित सुन कारोबारी कमलमान गुभाजुको सारा सम्पत्ति गैरकानुनी रुपमा हडपेर राणाले सडकमा ल्याएपछि उनी न्यायका लागि राष्ट्रबैंकदेखि सबै निकायमा धाए पनि भूषण राणा कांग्रेस सभापति शेरबहादुर देउवाका साला भएकाले सुनुवाइ भएको छैन ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.