पिकअप भ्यान दुर्घटनामा एककाे मृत्यु

झापा । झापामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका दमक–९ का ५५ वर्षीय मङ्गल चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

पाको कमल गाउँपालिका–७ स्थित गेउरिया सडकखण्डमा मालबाहक पिकअप भ्यान दुर्घटनामा घाइते उनलाई उपचारका लागि दमकको लाइफलाइन अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँनासाथ उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बिजयराज पण्डित जानकारी दिए ।

मार्बल लिएर दमकबाट गौरिगञ्जतर्फ जाँदै गरेको मे १ च ६४९७ नम्बरको पिकअप भ्यानको चक्का फुस्केर दुर्घटना भएको थियो ।

दुर्घटनामा दमककै २६ वर्षीय सुनिल चौधरी र जलेश्वर चौधरी घाइते भएका छन् । घाइतेमध्ये सुनिललाई थप उपचारका लागि विराटनगर लगिएको र अर्का घाइतेको दमकको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments