कांग्रेसले तय गर्‍यो आन्दोलनको लागि १० बुँदे नारा

काठमाडौं । नेपाली कांग्रेसले सरकार विरोधी प्रदर्शनका लागि १० बुँदे नारा सार्वजनिक गरेको छ ।

कांग्रेसले यही मंसिर २९ गते देशव्यापी रुपमा गर्ने भनेको आन्दोलनका लागि नारा तय गरेकाे हाे । पार्टी कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै १० बुँदे नारा सार्वजनिक गरेको हो ।

‘सर्वसत्तावाद भ्रष्टाचार अनि कोभिड-१९ विरुद्धको अकर्मण्यता मुर्दावाद ! संघीय लोकतान्त्रिक गणतन्त्र मुर्दावाद !’ विज्ञप्ति मार्फत कांग्रेसले ७७ वटै जिल्लामा एकैसाथ प्रदर्शन गर्ने जनाएको छ ।

तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको, महिला हिंसा, भ्रष्टाचार, अनियमितता, कोभिड संकट लगायत घटनामा सरकार उदासीन बनेको भन्दै कांग्रेसले प्रदर्शन गर्ने जनाएको छ ।

Facebook Comments