२४ घण्टामा उपत्यकामा थपिए ४०४ काेराेना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६० महिला र २४४ पुरुष गरी ४०४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १४ हजार ४०९ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ३२८ , ललितपुरमा ५१ र भक्तपुरमा २५ जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ४ र ललितपुमा १ र भक्तपुरमा १  जना गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ९१ हजार ९०५ जना संक्रमित भएका छन्, जसमध्ये ४३२ जनाको मृत्यु भएको छ। हालसम्म ८६ हजार ७२८  जना निको भएका छन्। ललितपुरमा १४ हजार १४३ जना संक्रमित भएका छन्।

जसमा १२९ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ६४ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ३३१ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ७ हजार ८५२ जना निको भएका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.