प्रधानाध्यापक श्रेष्ठकाे हत्या विरोधमा मोरङका सबै विद्यालय बन्द

विराटनगर । नेपाल शिक्षक महासंघ मोरङकाे आह्वानमा मोरङका सबै विद्यालय बन्द भएका छन्।

मिक्लाजुङ–१ बर्खेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठ हत्याको विरोधमा आज सम्पूर्ण विद्यालय बन्द भएका हुन्।

महासंघले बुधबार विज्ञप्ति प्रकाशित गरी परीक्षाका कार्यक्रमलाई बाधा नपुग्नेगरी विद्यालय बन्दको आह्वान गरिएको महासंघ मोरङका अध्यक्ष दामोदर सिग्देलले बताए।

उनका अनुसार विद्यालयमा निर्भिकतापूर्वक पठनपाठन गराउने वातावरण सिर्जना गर्न, शान्ति सुरक्षाको प्रत्याभूति अविलम्व कायम गर्न र भयरहित वातावरण सिर्जनाको माग गर्न एक दिन विद्यालय बन्दको आह्वान गरिएको हाे ।

प्रधानाध्यापक श्रेष्ठको मंसिर २३ गते बिहान नेत्रविक्रम चन्द‘विप्लव’ समूहले घरबाट अपहरण गरी धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेको थियो। श्रेष्ठको बिहीबार बिहान अन्त्येष्टि गरिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.