प्रतितोला ९०० ले घट्यो सुनको मूल्य

काठमाडाैं । आज सुनकाे मूल्य प्रतितोला ९०० रूपैयाँले घटेकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ तोकिएको छ । बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४००  रूपैयाँमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनसमेत प्रतितोला ९०० रूपैयाँले ओरालो लागेको छ । बुधबार प्रतितोला ९२ हजार ९५० रूपैयाँमा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० रूपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको छ । बुधबार प्रतितोला एक हजार २१५ रूपैयाँमा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला एक हजार २०० रूपैयाँमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Facebook Comments