नेपालमा कोरोना महामारीलाई नियन्त्रण गर्न सफल भएको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका विभिन्न साझा सम्पत्ति र संरचना ध्वस्त पार्ने जस्ता असामाजिक र अमानवीय कार्य स्वीकार्य नहुने वताएका छन्।

विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नागरिकको सार्वभौम हकलाई सरकारले सदैव उच्च सम्मान गर्ने पनि वताए। प्रधानमन्त्री अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन नसक्ने उल्लेख गरे ।

उनले भनेका छन्, ‘आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सदभावमाथि नै प्रहार गर्ने, जाग्न थालेको जनताको आशामाथि चिसोपानी खन्याउँदै निराशा, हताशा र कुण्ठा प्रवाहित गर्ने र समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन सक्दैन ।’

प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमणको महामारी नियन्त्रणभन्दा बाहिर जानबाट रोक्न सफल भएको दाबी गरे । उनले कोरोना खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पु-याउन सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना नेपाल सरकारले स्वीकृत गरी कार्यान्वयनमा ल्याएको समेत उल्लेख गरे ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.