क्यानडा पठाई दिन्छु चन्दै लाखाैं रूपैयाँ ठगी गरेर फरार भएका दुई जना पक्राउ

काठमाडाैं । महानगरीय अपराध महाशाखाले क्यानडा पठाई दिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा अर्घाखाँची तिलगंगा वडा-१ तल्लोटोलकी ४२ वर्षीय रेनुका सारु र भारत पश्चिम बंगाल कलकत्ता बर्दमानका ४९ वर्षीय शेख सम्सुर आलोन रहेका महाशाखाले जनाएकाे छ।

पाल्पा माथागडी गाउँपालिका-४ घर भई हाल काठमाडाैंकाे नागार्जुन नगरपालिका-१६ मनमैजु बस्ने खिन्त बिर सारुकाे जाहेरीले उनीहरूलाई पक्राउ गरिएकाे महाशाखाले जनाएकाे छ ।

पक्राउ परेकी रेनुकाले सामाजिक संजाल फेसबुक मार्फत चिनजान भई क्यानडा पठाई दिन्छु भनी बिस्वास दिलाई क्यानडाको भिषा लागेको भन्दै नक्कली प्लेन टिकेटसमेत देखाई चौध लाख रूपैयाँ लिएर सम्पर्क विहिन भएको आराेप उनीहरूमाथि छ ।

साथै उनीहरुले अन्य ३ जना व्यक्तिहरुबाट १२ लाखको दरले रकम उठाई ठगी गरेको भन्ने बुझिन आएको महाशाखाले जनाएकाे छ । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

Facebook Comments