काठमाडौं । लोक सेवा आयोगले विभिन्न सेवाका लागि ३६० जना अधिकृतका लागि दरखास्त आह्वान गरेको छ। आयोगले बुधबार गोरखापत्रमार्फत सरकारका विभिन्न निकायका लागि आवश्यक पर्ने अधिकृत तहका कर्मचारीका लागि विज्ञापन खुला गरेको हो।
आयोगले प्रकाशन गरेको विज्ञपान अनुसार कानुन, न्याय तथा सरकारी वकिलतर्फ खुलामा ६७, महिला १८, आदिवासी जनजाति १४, मधेसी ११, दलित ६, आपंग र पिछडिएको क्षेत्रका लागि दुई/दुई जनाका लागि विज्ञपान गरेको छ।
त्यस्तै खुलातर्फ सामान्य प्रशासनमा ४४, लेखामा ३४, राजश्वमा ४१, लेखापरीक्षणमा १२ र परराष्ट्र सेवाका लागि एकजना अधिकृत मागेको छ।
महिलाका लागि प्रशासनतर्फ १२, लेखामा ९, राजश्वमा ११, लेखापरीक्षणमा २ जना माग गरेको आयोगले जनाएको छ। त्यस्तै आदिवासी जनजातिका लागि सामान्य प्रशासनमा ९ जना, लेखामा ८, राजश्वमा ९ र लेखापरीक्षणमा दुईजना उम्मेद्वार माग गरेको छ।
आयोगले फर्म भर्ने म्याद पुष १४ गतेसम्म र दोब्बदर दस्तुर तिरेर २१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ। आवेदन दस्तुर एक हजार रुपैयाँ निर्धारण गरिएको छ भने एकभन्दा बढी समूहमा आवेदन दिनेले थप चारसय रुपैयाँ बुझाउनुपर्ने छ।
