२४ घण्टामा काठमाडाैं उपत्यकामा थपिए ५९४ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा ५९४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेमा २६३ र ३३१ पुरुष रहेका छन् ।

काठमाडौंमा ४१२, भक्तपुरमा ६९ र ललितपुरमा ११३ जना नयाँ संक्रमित थपिएका हुन् । देशभर मंगलबार संक्रमित पुष्टि हुनेमा १ हजार ३८२ जना रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ९९ हजार ६८६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार ९४७ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ छ भने क्वारेन्टाइनमा रहनेको संख्या ५२३ जना रहेका छन् ।

Facebook Comments