२४ घण्टामा १ हजार ३८२ काेराेना संक्रमित थपिए, १६२१ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप १ हजार ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४३ हजार ३७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा १ हजार ६२१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २९ हजार ५४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमितकाे मृत्यु भएको छ ।

याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ६ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यस्तै हिजाे नेपालमा १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.