सर्वदलीय बैठक बस्नु अगाडि मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं । मंगलबार बिहानै मन्त्रिपरिषद् बैठक बसेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही समय अगाडि मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीले मंगलबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन्। उक्त बैठक अगाडि नै मन्त्रिपरिषद् बैठक बसेको हो। बैठक नियमित एजेन्डामै छलफल हुने बालुवाटार स्रोतको दाबी छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छ। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको आह्वानमा बैठक बोलाइएको सल्लाहकार थापाले बताए।

राजतन्त्र पक्षधरको प्रदर्शनका विषयमा पनि छलफल हुने भएको छ। त्यस्तै, कोभिड १९ को महामारी र यसले पारिरहेको संकटबारे पनि छलफल हुने बताइएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.