प्रदेश-१ मा कोरोना कहरः ९६ जना डिस्चार्ज, ८० जना सङ्क्रमित

मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा २३ जना महिलासहित ८० जना कोरोना सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा २६ मध्ये विराटनगरमा १५, झापामा २२, सुनसरीमा १०, इलाममा सात, सङ्खुवासभा र ताप्लेजुङमा तीन/तीन, पाँचथरमा एक र प्रदेश बाहिरका आठ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ९६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआइसोलेशनबाट ९३ र विराट मेडिकल कलेजबाट तीन जना छन् ।

अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या २३ हजार २४६ पुगेको छ भने कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार २५० पुगेको मन्त्रालयले जनाएको छ ।

अझै पनि सक्रिय सङ्क्रमितको सङ्ख्या प्रदेशमा पाँच हजार चार छन् । अहिलेसम्म कूल एक लाख ९६ हजार ७८४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments