जिल्ला अदालतद्वारा बलात्कार मुद्दाका आरोपी सिद्धबाबाले पाए सफाइ

विराटनगर । जिल्ला अदालत सुनसरीले बलात्कार सम्बन्धी मुद्दामा विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको छ ।

सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो ।

जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलले सिद्धबाबाल सफाइ पाउने ठहर भएको जानकारी दिए । सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको बेवास्ता गर्दै सोमबार नै सिद्धबाबाको मुद्धामा सुनुवाई गरिएको थियो ।

एक अनुयायीले आफूलाई सिद्धबाबाले बलात्कार गरेको भनी जाहेरी दिएपछि सिद्धबाबा अनुसन्धानमा तानिएका थिए ।

Facebook Comments