विराटनगरका विद्यालय पुसबाट खुल्ने

मोरङ । विराटनगर महानगरका सबै विद्यालय पुसबाट खुल्ने भएका छन् । महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार कोरोना महामारीको जोखिम कम भएका कारण विद्यालय खुला गर्ने निर्णय भएको हाे ।

आइतबार बसेको बैठकले पुस २ गतेबाट विद्यालय खुला गर्ने निर्णय गरेको मेयर पराजुलीले बताए । विद्यालय सञ्चालनअघि अभिभावकसँग छलफल गरेर स्वास्थ्य सावधानीका उपायसहित विद्यालय सुरू हुने उनको भनाइ छ ।

जोखिम कायम नै रहेकाले बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा सञ्चालनको प्रवन्ध मिलाइने पराजुलीले बताएका छन् ।

विराटनगर महानगरपालिकामा कोरोना सङ्क्रमितको संख्या छ हजार आठ सय ८३ पुगेको छ । कोरोना संक्रमण फैलिएपछि चैत्र ११ देखि विद्यालय बन्द रहँदै आएका छन् ।

Facebook Comments