आज पनि घट्याे सुनचाँदीको मूल्य

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलामा एक सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १५० कायम भएको छ ।

त्यसैगरी सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाले घटेर प्रतितोला १२ सय ५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments