थप १ हजार ९६ जनामा काेराेना संक्रमण

काठमाडौं । नेपालमा आज थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा १ हजार ७५२ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना संक्रमितकाे मृत्यु भएको छ ।

याेसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

यस्तै हिजाे नेपालमा १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियाे ।

Facebook Comments