काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरु भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा केहीबेर अगाडि सुरु भएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली सहभागी बनेका छैनन् ।
कोभिड-१९ को जोखिम रहेको र राजनीतिक दस्ताबेजसमेत तयार नभएको भन्दै ओली बैठकमा सहभागी नबनेका हुन् ।
शनिबारको सचिवालय बैठकमा स्थायी कमिटी बैठकका बारेमा असहमति राखेका प्रधानमन्त्री ओली आजको बैठकमा अनुपस्थित भएका हुन् ।
ओलीले बहुमत अल्पमतको निर्णय नमान्ने भन्दै अहिलेका कमिटी अन्तरिम कमिटी भएको बताएका थिए । आफुलाई घेराबन्दी गरिएको आरोप लगाउदै स्थायी कमिटीको बैठकका बारेमा असहमति जनाएका थिए ।
शनिबारको सचिवालय बैठकले बहुमतले आजको स्थायी कमिटी बैठक बोलाएर दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने निर्णय गरेको थियो ।
Facebook Comments