घट्यो सुन मूल्य

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेकाे छ ।

गत शुक्रबार ९२ हजार ९ सय रूपैयाँमा काराेबार भएको छापावाल सुनको मूल्य आइतबार २ सयले घटेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

तेजावी सुनको मूल्य ९२ हजार २५० रुपैयाँ कायम भएको छ। आइतबार सुनको भाउ घटे पनि चाँदी भने स्थिर छ।

महासंघका अनुसार गत शुक्रबार १ हजार २१० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ आइतबार पनि सोही मूल्यमा कायम रहेको छ।

Facebook Comments