रेड पाण्डाको छालासहित काठमाडौंबाट ३ जना पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा खोटाङ्गका ३० वर्षीय मनोज मगर, खोटाङ्गकै ३० वर्षीय रवन बस्नेत र उदयपुरका ३४ वर्षीय केशर बहादुर मगर रहेका महाशाखाले जनाएकाे छ।

अवैध रुपमा रेडपाण्डाको छाला ओसारपसार भइरहेको सूचनाका आधारमा महाशाखाबाट खटिएको टोलीले काठमाडौं गोकर्णेश्वर नारायणटारस्थित जुम क्याफे एण्ड ब्यांकेटबाट उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई महाशाखाको टोलीले बिहीवार बिहान साँढे ११ बजे पक्राउ गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.