पाल्पा । पाल्पामा घरकाे छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।
पाल्पाकाे रामपुर नगरपालिका-६, का ५७ वर्षका नेत्रबहादुर हमालको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय दाङले कच्चीघरको एक तले छतबाट भूइँमा खसेर गम्भीर घाइते भएका हमालको उपचारका लागि रामपुर अस्पताल ल्याएपछि मृत्यु भएको जनाएको छ ।
घटनाबारे थप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments