पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

झापा । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन्।

खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि शुक्रबार बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मंगलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै रु १० हजार घुस दिएको भिडियो खिचिरहेका अनुसन्धान अनलाइनका पत्रकार खगेन्द्र घिमिरे र क्यामेराम्यान भास्कर श्रेष्ठमाथि हातपात गरेको आरोप छ।

सो घटनाको नेपाल पत्रकार महासंघ झापा शाखालगायतले घोर निन्दा र भत्र्सना गरेका गर्दै दोषीमाथि कारवाही गर्न माग गरेका थिए।

यसैगरी बिहीबार मालपोत कार्यालयका प्रमुख तारानाथ दंगालले घटनाप्रति दुःख प्रकट गर्दै त्यसको निष्पक्ष छानबिन गर्न विज्ञप्तिमार्फत आग्रह गरेका छन् । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.