मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

जनकपुर । ह्याकरको समुहले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेज ह्याक गर्न सफल भएको छ । मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक

गरेर इ-कमर्श वेबसाइट लेखी युवतीको तस्बिर पेजमा राखिएको छ। शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक ह्याक भएको प्रेस संयोजक आतिश मिश्रले जनाएका छन्।

फेसबुक पेजको प्रोफाइल फोटो र कभर फोटोसहितका परिवर्तन भएपछि उनको फेसबुक पेज ह्याक भएको हो ।

ह्याक कहाँबाट र कसरी भएको हो भन्ने बिषयमा प्रहरीले अनुसन्धान थालेको वताइएको छ अनुसन्धान हुँदैछ ।

Facebook Comments