नेकपा विवाद – संकटको मध्यरातपछि बिहानी आउने संकेत : ईश्वर पोखेरेल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीमा देखिएकाे संकट अन्त्ये भएर विहानी आउने बताएका छन् ।

नेकपा अहिले फुटकाे संघारमा रहेकाे छ । नेकपाको सचिवालय बैठक पनि मंसिर २० गतेसम्मका लागि सरेकाे छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचकाे विवादलाई टुंगो लगाउन विभिन्न बैठक सकेपनि कुनै ठाेस निर्णय हुन सकेकाे छैन् ।

ओलीमाथि प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पद छाड्नु पर्ने दबाब रहेका बेला सचिवालय सदस्य पोखरेलले सामाजिक सञ्जाल मार्फत नेकपा विवाद चाँडै अन्त्ये भएर विहानी आउने बताएका हुन् ।

Facebook Comments