प्रधानमन्त्री ओलीले भने -विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व सुरक्षित हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म कोभिड–१९ बाट विश्व सुरक्षित नहुने वताएका छन् ।

प्रधानमन्त्री ओलीले सम्पूर्ण मानव समुदाय नै संकटमा रहेको समयमा जीवन रक्षाका खोपहरु अधिकतम नाफाको माध्यम हुन नसक्ने बताएका छन् ।

कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्याउन कोभाक्सले गरिरहेको पहलको पनि स्वागत गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘कोभिड–१९ सम्बन्धी खोपहरु वास्तविक रुपमा नै विश्वव्यापी सार्वजनिक वस्तु हुनुपर्छ जसमा सबै मुलुक र जनताको लागि सहज पहुँच र उपलब्धता हुनुपर्छ ।’

कोरोना महामारीलाई केन्द्रित गरेर राष्ट्रसंघले विशेष महासभाको आयोजना गरेको हो । प्रधानमन्त्री ओलीको सम्बोधनको भिडियो रेकर्ड गरेर राष्ट्रसंघ पुर्याइएको थियो । प्रधानमन्त्री ओलीले यो संसार सानो डुंगा हो र हामी सबै यसका यात्रु भएको पनि उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘जब सम्पूर्ण मानवता संकटमा छ, हामी दृढ विश्वास गर्छौं कि जीवन-बचाउने खोपहरू अधिकतम नाफाको माध्यम हुन सक्दैन। तिनीहरू वास्तवमै विश्वमा समान र सस्तो हुनुपर्दछ र सबै देशहरू तथा सबै व्यक्तिहरूको लागि पहुँचयोग्य हुनुपर्दछ।’

Facebook Comments