बाबुको हत्या गरेकाे अभियोगमा छाेरा पक्राउ

गाेरखा । ७० वर्षीय बुबाकाे हत्या गरेको अभियोगमा गाेरखामा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गाेरखाकाे सिरानचोक गाउँपालिका-८ धन्सार बस्ने ४० वर्षीय भुवन ढकाल रहेका प्रहरीले जनाएकाे छ।  ७० वर्षीय तुलाराम ढकालको हत्या गरेकाे अभियोगमा उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

सोही गाउँपालिका ८ धापेस्थित खेतमा धान झाट्ने क्रममा बाबु छोराविच झगडा हुँदा भुवनले बुबा तुलारामलाई लाठीले हानेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले भुवनलाई पक्राउ गरेपछि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments