बौद्धमा आमाछोरी मृत भेटिए

Photo : Google

काठमाडौं । काठमाडाैंकाे बौद्धमा एक महिला र एक महिनाको नाबालिका मृत फेला परेका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी २७ बर्षकी पेम्बी शेर्पा र उनकी एक महिनाको छोरी मृत भेटिएका हुन् ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका घर भएकी शेर्पाकी ३२ बर्षका श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा भेटिएका महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी नवीन कार्कीले जानकारी दिए ।

दोर्जेको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ । राती सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेकाे छ ।

Facebook Comments