१ हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । ताेलमा १ हजार ६ सय रूपैयाँले बढेर ९२ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यो साताको पहिलो दिन आइतबार सुन ६ सयले घटेको थियो । सोमबार ७ सयले घटेको सुन मंगलबार ५ सयले बढेको थियो । बुधबार पनि ५ सयले बढेको थियो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९२ हजार ६ सय र तेजाबी सुन ९२ हजार १५० रूपैयाँमा काराेबार भइरहेकाे छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments