नयाँ ठाउँमा केन्द्र निर्धारण भएपछि गाउँपालिकाले दियाे सार्वजनिक बिदा

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

लामो समयदेखि विवादित रहेको गाउँपालिकाको केन्द्र विवाद टुंगाेमा पुगेसँगै आज सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।

बुधबार बसेकाे गाउँपालिकाको विशेष गाउँसभाको तेस्रो बैठकले मतदानमार्फत नयाँ ठाउँमा केन्द्र निर्धारण गरेकाे हाे । अब इस्मा गाउँपालिकाकाे नयाँ केन्द्र वडानम्बर-५ को रातापोखरामा केन्द्र निर्धारण भएको छ ।

मतदानमा २१ जनाले पक्षमा र ८ जनाले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका थिए । स्थानीय तहको गठन भएको लामो समय बित्दा इस्मा गाउँपालिकाको केन्द्रको विषयमा विवाद हुँदै आएको थियो ।

साँझ घरघरमा दीपावली गर्न गाउँपालिकावासीमा अनुरोधसमेत गरिएको गाउँपालिकाले जनाएको छ ।

Facebook Comments